एजेन्सी । स्टार फुटबलर क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी विश्वका धेरै कमाइ गर्ने १० सेलिब्रेटीमा परेका छन् ।
फुटबलका दुई सफल खेलाडी अमेरिकी पत्रिका फोर्ब्सले सर्वाजनिक गरेको बढी कमाइ गर्ने विश्वका एक सय सेलिब्रेटीको सूचीमा उत्कृष्ट १० मा परेका हुन् । त्यसमा पनि युरोकपको उपाधि उचालेको पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो शीर्ष पाँच भित्रै परेका छन् ।
बढी कमाइ गर्ने विश्वका सेलिब्रेटीमा रोनाल्डो चौथो स्थानमा छन् । यस्तै मेस्सी ८ औं स्थानमा छन् । फोर्ब्सका अनुसार रोनाल्डोको कमाइ ८ करोड ८० लाख अमेरिकी डलर छ । यस्तै मेस्सीको कमाइ ८ करोड १५ लाख अमेरिकी डलर छ ।
बढी कमाइ गर्ने सेलिब्रेटीको सूचीमा शीर्ष स्थानमा संगीतकर्मी टेलर स्वीफ्ट परेकी छन् । उनको कमाइ एक अर्ब ७० करोड अमेरिकी डलर छ । दोस्रो नम्बरमा रहेको संगीत समूह वन डाइरेक्सनलको कमाइ एक अर्ब १० करोड अमेरिकी डलर छ ।