काठमाण्डाैं । सरकारले यातायात क्षेत्रमा कायमै रहेको सिन्डीकेट अन्त्य गर्ने प्रतिवद्धता जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात क्षेत्रमा कायमै रहेको सिन्डीकेट अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।
यातायात क्षेत्रमा लगाइएको सिन्डीकेट स्वयम् यातायात व्यवसायीको समेत हितमा नरहेको उहाँको भनाई छ । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री महासेठले सिन्डीकेटकै कारण यात्रुहरुले सास्ती व्यहोर्नु परेकाले नेपाल सरकार त्यसलाई पूर्ण प्रतिबन्ध लगाउन लागि परेको पनि स्पष्ट पार्नु भयो ।
उहाँले सिन्डीकेट खारेज गरिएको कानुनी व्यवस्थाबारे पनि यातायात व्यवसायीहरुलाई सचेत गराउनु भयो । मन्त्री महासेठले यातायात क्षेत्रलाई पनि अन्य उद्योगजस्तै गरी संचालन गर्ने कानुनी व्यवस्था गर्न लागिएको पनि जानकारी दिनु भयो ।
मन्त्री महासेठले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण उपलब्धिपूर्ण भएको दावी पनि गर्नु भयो ।