काठमाण्डाैं । यातायात व्यवसायी संघ र समितिहरुको नवीकरण नगर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।
यातायात समितिहरु संघसंस्था दर्ताअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा दर्ता हुँदै आएका छन् । गृहमन्त्रालयले आजको मन्त्रिपरिषद बैठकमा अबदेखि यातायात समितिहरुको नवीकरण नगर्ने प्रस्ताव लगेको हो । गृहमन्त्री रामबहादुर थापाले लगेको प्रस्ताव पारित भएमा यातायातमा ब्याप्त सिन्डिकेटको जरा उखेलिने शव्दावली छ ।
देशभर रुट परमिट खुला गरेपछि यातायात व्यवसायीले सरकारका विरुद्ध घुँडा टेकाउने भन्दै आन्दोलन घोषणा गरेका छन् । उनीहरुले यातायात हड्तालदेखि नेपाल बन्दसम्म गर्ने चेतावनी दिएका छन् । तर, सरकारले सिन्डिकेटधारी यातायात समितिविरुद्ध अझै कठोर बन्ने संकेत गरेको छ ।
Facebook Comments Box