काठमाण्डाैं । कैलाली प्रहरीले महिलामाथि दुर्व्यवहार गर्ने र कालोमोसो दल्ने ७ जना पक्राउ गरेको छ ।
स्थानिय एक महिलालाई दुव्र्यवहार गर्न खोज्ने कृष्णबहादुर चौधरी (टुक्की) सहित कालोमोसो दल्ने अन्य ६ जनालाई पक्राउ गरिएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी वीरबहादुर बुढामगरले जानकारी दिनुभयो ।
कैलारी गाउँपालिका १, दक्षिण मन्झराकी एक महिलालाई गत चैत २३ गते रातिको समयमा महिला एक्लै घरमा भएको बेला कृष्ण चौधरीले बलात्कारको प्रयास गरेका थिए ।
चौधरीमाथि जबरजस्ती करणी अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको डिएसपी बुढामगरले जानकारी दिनुभयो । अन्य ६ जनालाई भने सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाउने तयारी छ ।
Facebook Comments Box