काठमाण्डाैं । पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाजको ह्विल लक भएपछि सबै उडान प्रभावित भएका छन् ।
विमानस्थलको रनवेमा ह्विल लक भएर जहाज रोकिँदा उडान प्रभावित भएको विमानस्थलका सूचना अधिकारी काशिनाथ पौडेलले जानकारी दिनु भयो ।
अहिले जहाजको लक खोल्ने प्रयास भइरहेको छ । रनवेमा रोकिएको जहाजलाई पार्किङ स्थलमा पुर्याएर उडान सञ्चालन गर्ने तयारी भइरहेको छ ।
Facebook Comments Box