काठमाण्डाैं । यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहणका लागि अहिलेसम्म ४५ समूहले आरोहण अनुमति लिएका छन् ।
पर्यटन विभागका अनुसार आरोहण अनुमति लिने ४५ मध्ये २३ वटा समूह सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि गएका छन् ।
सगरमाथा चढ्न मात्रै २३ समूहका २२६ आरोहीले आरोहणको अनुमति लिएको विभागका महानिर्देशक दिनेश भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार सगरमाथा, अन्नपूर्ण, आमादब्लमलगायत हिमाल आरोहणमा स्वदेशी तथा विदेशी आरोही गएका छन् ।
Facebook Comments Box