विराटनगर । हिन्दू धर्म गुरु आचार्य श्री निवासमाथि भएको आक्रमणको विरोधमा हिन्दू धार्मिक संघ संस्थाले विरोध गरेका छन् ।
विराटनगर १४ स्थित जतुवामा श्रीनिवासमाथि गोली आक्रमण भएको थियो । त्यसको विरोधमा निस्किएको जुलुले विराटनगर महेन्द्रचोकमा सवारी चल्न दिएका छैनन् ।
उनीहरुले गोली चलाउनेमाथि कडा कारवाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन् । श्री निवासको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पताल प्रशासनले जनाएको छ ।
उनको दायाँ छातीको कुम मुनी गोली लागेको छ । उनीमाथि कसले गोली चलायो भन्ने एकिन भएको छैन तर घटनास्थलमा मंगोल नेशनल अर्गनाइजेशन आर्मी नामक भूमिगत समूहको नाममा खबरदारी र होसियार ‘हिन्दु धर्मका दलालहरु’ शिर्षकको एउटा प्रचा पनि भेटिएको छ ।
घटनाका बारेमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख अरुण कुमार विसीले जानकारी दिनुभयो ।