काठमाण्डाैं । यस साता नेपाल स्टक एक्सचेन्ज परिसूचक बढे पनि कारोबार रकममा गिरावट आएको छ ।
साताभरि नेप्से परिसूचकमा ५४ दशमलब १५ अंकको वृद्धि भई १ हजार २ सय ५० दशमलब ३९ अंकमा आइपुगेको छ । यता, अघिल्लो साताको तुलनामा यो साता कारोबार रकममा १० दशलमब १७ प्रतिशतको गिरावट आएको छ ।
यो साता नेप्सेमा १ सय ८१ कम्पनीको कारोबार भएको छ। जसअनुसार २७ हजार ६ सय ३३ कारोबारबाट १ अर्ब ६९ करोड ७७ लाख ९२ हजार रुपैयाँ बराबरको ५४ लाख ५० हजार २ सय ६० कित्ता सेयर खरिद बिक्री भएका छन् ।
गत साता १ सय ८० कम्पनीको कारोबार भएको थियो । जस अनुसार २७ हजार ५ सय २२ कारोबारबाट १ अर्ब ८८ करोड ९९ लाख ७९ हजार रुपैयाँ बराबरका ५८ लाख ९५ हजार ३० कित्ता सेयर खरिद बिक्री भएका थिए ।
Facebook Comments Box