काठमाण्डाैं । यातायात व्यवस्था विभागले सबै सडकमा रट परमिट खुलाउन देशभरका यातायात कार्यालयहरुलाई निर्देशन दिएको छ ।
यातायात व्यवस्था ऐनमा व्यवस्था गरिएको खुला प्रतिस्पर्धाको आधारमा देशभरका सबै रुटहरुमा नयाँ सवारीलाई परमिट दिन विभागले निर्देशन दिएको हो ।
आज मातहतका कार्यालयहरुलाई परिपत्र गरी रुट परमिट खुलाउन निर्देशन दिइएको विभागका महानिर्देशक रुपनाराण भट्टराईले जानकारी दिनु भयो । मयुर यातायातले काठमाडौं–बनेपा रुटमा सवारी चलाउन इजाजत पाएपछि ११ वटा समितिले विरोध गरेका थिए ।
उनीहरुले सिन्डिकेट कायम राख्न सवारी नै बन्द गरेर आन्दोलन गरेका थिए । तर, सरकारले उनीहरुको आन्दोलनका सामू झुक्नुको साटो थप कम्पनीलाई रुट अनुमति दिएपछि सिन्डिकेट तोडिएको छ ।
निर्देशन अटेर गरे कार्यालय प्रमुखलाई विभागीय कारवाही गरिने विभागले चेतावनी दिएको छ ।
Facebook Comments Box