काठमाण्डाैं । महिला नेतृहरुले महिला हिंसाका दोषीलाई मृत्युदण्ड सम्मको सँजाय हुने गरि हिंसा विरुद्धका कानुन परिमार्जन गर्न सरकारलाई दबाब दिएका छन् ।
विभिन्न राजनीतिक दलका भगिनी संगठनहरुको संयुक्त संघर्ष समितिले आज काठमाडौमा पत्रकार सम्मेलन गरि महिला हिंसा अन्त्यका लागि विद्यमान ऐनलाई परिमार्जन गर्नुपर्नेमा जोड दिएको हो ।
दिनहुँ बालिका बलात्कारका घटना सार्वजननिक भईरहेका बेला घटनाको सत्य तथ्य पत्ता लगाई दोषीलाई कानुनी दायरामा ल्याउनका लागि राज्य पक्ष गम्भीर नबनेको भन्दै नेतृहरुले तत्काल विद्यमान कानुन परिमार्जन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
विश्वका कैयौ लोकतान्त्रिक मुलुकले महिला हिंसाका दोषीलाई मृत्युदण्ड सम्मको सजायँको व्यवस्था कानुनमा गरेको उल्लेख गर्दै नेपालमा पनि त्यही किसिमको कानुन बनाउनुपर्नेमा जोड दिएका छन् ।
नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीले बालिका बलात्कृत हुने, बोक्सीको आरोपमा महिलामाथि गरिएको दुर्रव्यवहारका घटना लगायत महिला हिंसाका घटना दैनिकजसो आईरहदा पनि राज्य गम्भीर नभएको आरोप लगाउनुभयो ।