धनकुटा । शान्ति मन्त्रालयबाट रकम निकासा नभएपछि जिल्लामा निरन्तर सञ्चालनमा रहेका बहुवर्षीय योजना अलपत्र भएका छन् ।
धनकुटा जिल्लामा शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट शान्तिका लागि विकास कार्यक्रमअन्तर्गत सञ्चालित २२ वटा योजना अपूरा भएको जिल्ला प्राविधिक कार्यालय धनकुटाले जनाएको छ ।
मन्त्रालयबाट पाँचवर्षे योजना बनाएर न्यूनतम रु आठ लाखदेखि अधिकतम ३० लाखसम्म खर्च गर्ने स्टिमेट तयारी गरी सञ्चालित योजना तीन वर्ष नपुग्दै बन्द भएपछि योजना अलपत्र अवस्थामा रहेका जिल्ला प्राविधिक कार्यालयका प्रमुख प्रकाश चौधरीले बताउनुभयो ।
चौधरीका अनुसार शान्तिका लागि विकास कार्यक्रममा वार्षिक रकम विनियोजन गरेर क्रमशः योजना सञ्चालन हुने १२ वटा विद्यालय, छ वटा सामुदायिक भवन, तीन पार्क र एक मन्दिर निर्माण गर्ने लक्ष्य राखिएको थियो ।
Facebook Comments Box