काठमाण्डाैं । पहिलो चरणमा फागुन ११ देखि ३० गतेसम्म कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि निष्काशन साञ्जेन जलविद्युत्त कम्पनी र रसुवागढी हाइड्रोपावरले निष्काशन गरेको साधारण सेयर (आईपिओ) आज बाँडफाँड भएको छ ।
साञ्जेनले ७१ लाख १७ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेकोमा एक लाख ८५ हजार ३५ जना आवेदकले चार करोड २० लाख ३१ हजार २०० कित्ता सेयर माग गरेका थिए । साञ्जेनमा आवेदन गरेका सबै एक लाख ८५ हजार ३५ जना आवेदकलाई ३० कित्ताका दरले ५५ लाख ५१ हजार ५० कित्ता सेयर बाँडफाँड गरिएको छ ।
त्यस्तैगरि रसुवागढीले निष्काशन गरेको एक करोड ३३ लाख ४२ हजार ९५ कित्ता साधारण सेयर स्मार्ट क्याफे धुम्बाराहीमा आज बाँडफाँड गरिएको छ । आईपिओमा ५० देखि ७० कित्तासम्म सेयर माग गरेका सञ्चयकोषका सञ्चयकर्ताले माग अनुसार नै सेयर प्राप्त गरेका छन् । ८० कित्तादेखि ५०० कित्तासम्म माग गर्ने लगानीकर्तामध्ये ६८ हजार १८ जनाले ८० कित्ता तथा पाँच जनाले ७१ कित्ता सेयर प्राप्त गरेका छन् ।