काठमाडाैं । धुर्मुस-सुन्तली फाउण्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको संयोजन गर्ने भएको छ ।
फाउण्डेसनले बिहीबार फेसबुकमा स्टाटस राख्दै अन्तर्राष्ट्रिय रंगशाला निर्माण कार्यको संयोजन गर्ने निर्णयमा आफूहरू पुगेको जानकारी दिएको छ ।
हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को यस फाउण्डेसनले अहिले ‘नमूना नेपाल’ निर्माण पनि अघि बढाएको छ । फाउण्डेसनले लेखेको स्टाटसमा भनिएको छ, ‘हामी नेपालीका लागि दुवै परियोजना महत्त्वपूर्ण छन्, नमूना नेपाल अनि क्रिकेट स्टेडियम । अब भन्नुहोस्, कुनचाहिँ पहिला ?’
Facebook Comments Box