काठमाण्डौं । नेपालका लागि जापानी राजदूत ओगावा मासासिले काठमाडौंको फोहोर व्यवस्थापन तथा तराईं, मधेसको चुरे संरक्षणमा चासो व्यक्त गर्नु भएको छ ।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग आज भेट गरी राजदूत ओगावा मासासिले वातावरण संरक्षणमा चासो देखाउनु भएको हो ।
राजदूत मासासिले मन्त्री बस्नेतलाई जापान सरकारका तर्फबाट कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै वन तथा वातावरण संरक्षणका क्षेत्रमा थप सहकार्य गर्न जापान तयार रहेको बताउनु भयो ।
चुरे संरक्षण र तराई मधेसमा वर्षा याममा हेरक वर्ष आउने बाढी र पहिरोका कारण हुने गरेको धनजनको क्षति रोक्ने कार्यमा जापान सरकार सहयोगका लागि तयार रहेको राजदूत मासासिले बताउनु भयो ।
भेटका क्रममा मन्त्री बस्नेतले युवाहरुको सक्रिय सहभागितामा वनरवातावरण संरक्षणका क्षेत्रमा काम गर्ने र वनलाई उद्यमशीलतासँग जोड्ने र राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गर्ने नीतिका साथ अघि बढ्ने धारणा व्यक्त गर्नु भयो ।