कपिलवस्तु । सरकारको पूर्व–पश्चिम रेलमार्ग सञ्चालनको योजनाअनुसार रेलमार्ग विस्तारका लागि कपिलवस्तु क्षेत्रमा माटो परीक्षण कार्य शुरु गरिएको छ ।
प्याकेज–१ अन्तर्गत विभिन्न स्थानमा माटो परीक्षण भइरहेको छ । सो खण्डको माटो परीक्षणको जिम्मा पाएको इआरएमसिजिओ टेक्निकल प्रालिले काम अगाडि बढाएको छ । माटो परीक्षण प्रत्येक ५०० मिटरमा गर्ने गरिएको छ । पानी जम्ने खाल्टा नालामा ३०० मिटरमा परिक्षण गर्ने गरेको कालिका ड्रिलिङ प्रालिका प्राविधिक शिवराम रिजालले बताउनुभयो ।
पुल क्षेत्रमा ३० मिटर र मैदान क्षेत्रमा १५ मिटर गहिराइमा पुगी नमूना संकलन गरिएको छ । प्राविधिक टोलीले नमूना संकलन गरेको छ । संकलित नमूनालाई परीक्षणका लागि काठमाडौँ लगिनेछ । नमूना संकलनका लागि रोटरी रिभर्स र जिओ कोर सिस्टम नामक दुई यन्त्र प्रयोगमा ल्याइएको छ ।
Facebook Comments Box