काठमाडौं । मुलुकभरका २३ हजार महिलालाई हस्तकलाको सीप सिकाइ सकेकी युनिक क्रिस्टल हस्तकला उद्योगकी संचालिका कमला सुवेदीले यस बर्षको विशेष उद्यमी पुरस्कार प्राप्त गरेकी छन् ।
घरेलु तथा साना उद्योग विकास समितिले राजधानीको भृकुटी मण्डपमा आयोजना गरेको राष्ट्रिय औद्योगिक बस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रममा उनले २० हजार रुपैयाँ राशीको उक्त पुरस्कार पाएकी हुन् । उक्त पुरस्कार नेपाल चेम्बर अफ कमर्शले प्रायोजन गरेको थियो ।
चैत ९ देखि १४ गतेसम्म भएको प्रदर्शनीमा हेटौंमा रहेको उनको सुवेदीको युनिक क्रिस्टल हस्तकला उद्योगले आफ्ना वस्तु प्रदर्शन गरेको थियो । उनलाई उद्योग सचिव यमकुमारी खतिवडाले पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरिन् ।
उनले यसअघि सन् २०१४ मा सरकारले प्रदान गरकेो उत्कृष्ट उद्यमी पुरस्कारसमेत यही ब्यवसायबाट प्राप्त गरिसकेकी छन् ।
उनको उद्योगले बिशेष गरी महिलाले श्रृंगार गर्न प्रयोग गर्ने सामानसामान उत्पादन गर्दै आइरेहको छ । चुरा, टप, विभिन्न प्रकारका माला, पर्सलगायतका सामान उनी उत्पादन गर्छिन् ।
उनी क्रिस्टलका सामान बनाउने बरिष्ठ प्रशिक्षक पनि हुन् ।
Facebook Comments Box