काठमाण्डौं । शुक्रबारबाट भृकुटीमण्डपमा २९ औं राष्ट्रिय औद्योगिक बस्तु तथा प्रविधि प्रर्दशनी जारी छ । प्रर्दशनीको चौंथो दिन सोमबारसम्म करिव ४ करोड बराबरको आर्थिक कारोबार भएको नेपाल घरेल तथा साना उद्योग विकास समितिकी उपनिर्देशक विमला धितालले जानकारी दिनु भयो । प्रर्दशनी हालसम्म ३ लाख ७५ हजार भन्दा बढिले अवलोकन गरेका छन ।
नेपाल सरकार, घरेल तथा साना उद्योग विकास समितिको आह्वानमा आयोजना गरिएको ५ दिने प्रर्दशनी भोली मंगलबार समापन हुँदैछ ।
प्रर्दशनी समापन हुँदासम्म करिव ५ करोडको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । नेपालमा हरेक वर्ष राष्ट्रिय औद्योगिक बस्तु तथा आैद्योगिक प्रर्दशनी हुँदै आएको छ ।
हेर्नुहोस् तस्वीरः








Facebook Comments Box