पाँचथर । पाँचथरमा जिपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । पाँचथरको हुलिह्याङ गाउँपालिका ५ सुधाङभातेमा जिपको ठक्करबाट स्थानीय मोतीलाल दर्जिको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने चालकलाई जिल्ला प्रहरी कार्याल्य पाँचथरले नियन्त्रणमा लिएको छ ।
यसैबीच, रुपन्देहीको बुटवलमा बसको ठक्करबाट एकजनाको मृत्युु भएको छ । बुटवल उपमहानगरपालिका १२ नयाँगाउ चोकमा ना ४ ख ४३४३ नम्बरको बसको ठक्करबाट एक जना पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।
Facebook Comments Box