काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा माग्न बस्नेका कारण अनेक विकृति भित्रन थालेपछि धार्मिक क्षेत्रलाई मगन्तेरहित बनाउने अभियान शुरु भएको छ । पशुपति क्षेत्रमा बस्ने माग्नेका सम्बन्धमा ‘क्वीक भोलेन्टियर्स’ संस्थाको सहयोगमा अनुसन्धान गरी धार्मिक क्षेत्रबाट माग्नेलाई हटाउन लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
अनुसन्धानका क्रममा पशुपति क्षेत्रमा १५२ माग्नेको अभिलेखीकरण भएको कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिए । ‘माग्नेको शोधखोज गर्ने क्रममा नेपाली सेनाबाट भागेका भगौंडासमेत पशुपति क्षेत्रमा मागेर बसेको पाइयो’ -उनले भने । आजको हिमायल टाइम्समा खबर छ ।
Facebook Comments Box