काठमाण्डाैं । देशमा रहेका विभिन्न सम्पदालाई प्रचार प्रसार गर्न जनस्तरबाट ‘विश्व सम्पदा उत्सव मूल समारोह समिति’ गठन गरिएको छ ।
प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा गठन भएको १८ सदस्यीय समितिका सदस्यहरुमा सांसद रामवीर मानन्धर तथा प्रदेशसभा सांसद राजेश शाक्य र वसन्त मानन्धर रहनु भएको छ ।
त्यसैगरी समितिको सहसंयोजकमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, सचिवमा डिल्लीरत्न तुलाधर र कोषाध्यक्षमा विन्देश्वर श्रेष्ठ हुनुहुन्छ ।
आगामी वैशाख ५ गते हुने विश्व सम्पदा दिवशका लागि विभिन्न रचनात्मक कार्य समितिले गर्नेछ । मुलुकमा रहेका विभिन्न सम्पदालाई अन्तर्रा्ष्ट्रिय तहमा प्रवद्र्धन गर्न समितिले भूमिका निर्वाह गर्ने संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।
Facebook Comments Box