झापा । राम्रो जागिर लगाइदिने प्रलोभनमा पारी बिचौलियाले भारत हुँदै तेस्रो मुलुक लैजान लागेको अवस्थामा ६ युवतीको उद्धार गरिएको छ ।
कपिलवस्तुको मर्यादपुर नाकाबाट उनीहरुलाई आज उद्धार गरिएको हो । सशस्त्र प्रहरी बलले सुराकीको आधारमा उनीहरुलाई फेला पारेको हो ।
बिचौलिया कोहलपुर बस्ने गणेश खत्रीले ती युवतीहरुलाई कपिवलस्तुको सदरमुकाम तौलिहवा हुँदै नेपाली सीमा नाका कटाउन लागेको आवस्थामा सीमा निगरानीमा खटिएको सशस्त्र प्रहरी बलले शंका लागेर सोधपुछका लागि नियन्त्रणमा लिएको थियो ।
सोधपुछका क्रममा बिचौलियाले राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर आफूहरुलाई भारत हुँदै तेस्रो मुलुक लैजान लागेको उनीहरुले बताएका थिए ।
Facebook Comments Box