काठमाण्डाैं । खुसी देशहरुमध्ये नेपाल दक्षिण एसियाकाे तेस्रो स्थानमा पर्न सफल भएको छ ।
संयुक्त राष्ट्रसंघीय दिगो विकास समाधान नेटवर्क एसडीएसएनले जारी गरेको विश्व खुसी रिपोर्ट २०१८ का अनुसार नेपाल दक्षिण एसियाकाे तेस्रो स्थानमा पर्न सफल भएको हाे ।

खुसी सूचंकाकमा दक्षिण एसियामा भुटान पहिलो, पाकिस्तान दोस्रो स्थानमा रहेको छ भने नेपाल तेस्रो स्थानमा छ । यो सूचीमा माल्दिभ्स भने समावेश गरिएको छैन ।
यस्तै नेपाल विश्वको खुसी मुलुकको सूचीमा १ सय ५६ देशमध्ये १ सय १ औं स्थानमा रहेको छ ।

दक्षिण एसियाका मुलुकमध्ये पाकिस्तान ७५ औं स्थानमा रहेको छ भने भुटान ९७ औं स्थानमा रहेको छ ।
त्यस्तै बंगलादेश ११५औं, श्रीलंका ११६ औं, भारत १३३ औं तथा अफगानिस्तान दक्षिण एसियामा सबैभन्दा पछाडि १४५ औं स्थानमा रहेको छ ।

तस्वीरः गुगल
Facebook Comments Box