काठमाडौं । विमान दुर्घटनामा दिवंगतहरुको शव पोस्टमार्टम गर्ने डा. हरिहर वस्तीले मध्यरातिदेखि मंगलबार बिहान दुई बजेसम्म शववरिपरि बिताए ।
सोमबार राति १० बजे शव अस्पताल पुर्याएपछि त्यसको पोस्टमार्टम मध्यरातबाट सुरु भएको थियो । विमान दुर्घटनापछि झण्डै दर्जन चिकित्सकले घटनाको प्रकृति र परिस्थितिबारे जानकारी लिएका थिए ।
शिक्षण अस्पताल पुर्याइएका शव बाह्य अवलोकन गरे । सनाखत गर्न मिल्ने खालका लक्षण केलाए । शोकाकुल परिवारझै विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचानको प्रयास गर्दै पोस्टमार्टममा संलग्न चिकित्सक पनि अनिदो बसे । डा.वस्तीले भने, -‘पाँच घण्टा पनि सुतिएको छैन । बिहान साढे आठ बजे आइहालियो ।’
सबैको शवको पोस्टमार्टम सक्न झण्डै एक साता लाग्न सक्ने उनले अनुमान गरेका छन् । पोस्टमार्टमलगायत अन्य कार्य गर्न शिक्षण अस्पतालका रेसिडेन्टसमेत गरी १२ जना चिकित्सक खटिएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।