काठमाडौं । प्रदेश १ का ९ जिल्लामा चालू आर्थिक वर्ष को माघसम्म विद्युत् चुहावट करिब ४ प्रतिशत घटेको देखिएकाे छ।
नेपाल विद्युत् प्राधिकरण पूर्वाञ्चल क्षेत्रीय कार्यालय अन्तर्गतका १७ वितरण तथा ग्राहक सेवा केन्द्रले गत आर्थिक वर्षमा १७ दशमलब ६५ प्रतिशत रहेकाे चुहावटलाई माघसम्ममा ३ दशमलब ९१ प्रतिशतले घटाएर १३ दशमलब ७४ प्रतिशतमा झारेका छन्। 
क्षेत्रीय कार्यालय अन्तर्गतको वितरण प्रणालीमा माघसम्ममा ५५ करोड १० लाख युनिट ऊर्जा प्रवाह भएकोमा ४७ करोड ५३ लाख युनिट बिक्री भएको छ। प्रणालीबाट ७ करोड ५७ लाख युनिट ऊर्जा चुहावट भएको प्राधिकरणले जनाएको छ।
विराटनगर वितरण केन्द्रले १४ दशमलब ०५ प्रतिशत रहेको चुहावटलाई ४ दशमबल २१ प्रतिशतले घटाएर ९ दशमलब ८४ प्रतिशत कायम गरेको छ।
८ दशमलब ९५ प्रतिशत रहेको विद्युत् चुहावटलाई दुहवी वितरण केन्द्रले ३ दशमलब ०७ प्रतिशतले घटाएर ५ दशमबल ८८ प्रतिशत कायम गरेको छ। दमक वितरण केन्द्रले ४ दशमलब ७३ प्रतिशतले चुहावट घटाएको छ। केन्द्रले असारसम्मको २३ दशमलब २२ प्रतिशतको चुहावटलाई घटाएर १८ दशमलब ४९ प्रतिशतमा झारेको छ।
मोरङको रंगेली वितरण केन्द्रको चुहावट ३२ दशमलब ३० प्रतिशत छ। असारसम्ममा ३६ दशमलब ४२ प्रतिशत चुहावट रहेकोमा माघसम्ममा ४ दशलमब १२ प्रतिशत घटेको छ। इनरुवा वितरण केन्द्रको ३६ दशमलब ५९ प्रतिशतको चुहावट १० दशमलब ०७ प्रतिशतले घटेर २६ दशमलब ५२ प्रतिशत पुगेको छ।
वेलबारी वितरण केन्द्रको २६ दशमलब १३ प्रतिशत चुहावट १ दशमलब २४ प्रतिशतले घटएर २४ दशमलब ८९ प्रतिशतमा झारेको छ।

चुहावट नियन्त्रणमा स्थानीय तहका सरकारको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको अभियानमा सहयोग गरिदिन सबै जनप्रतिनिधिलाई आग्रह गर्नु भएकाे छ ।
प्राधिकरणको यही अभियानलाई साथ दिँदै झापाको कनकाई नगरपालिकाले आफ्नो क्षेत्रलाई ‘विद्युत् चुहावट मुक्त’ घोषणा पनि गरिसकेको छ।