झापा । बिर्तामोडका युवा व्यवसायी निजामउद्दीन मियाँको निधन भएको छ ।
अचानक अस्वस्थ भई अस्पताल पुर्याईएका उनको उपचारको क्रममा काठमाडौमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनी घरबाट अाफन्तकाे बिहेका लागि काठमाडौ आएको उनको परिवारले बताएको छ ।
लामो समयदेखि बिर्तामोडको भद्रपुर रोडमा चस्मा व्यवसाय गर्दै आएका उनको आकस्मिक निधनले सबै स्तब्ध बनेका छन् ।
अत्यन्तै मिलनसार तथा सहयाेगी भावना भएका निजामउद्दीनको असामयिक निधनले उनका अाफन्त तथा शुभचिन्तक सबैलाई मर्माहत बनाएको छ ।
Facebook Comments Box