काठमाण्डौ । हिजो भएको बंगलादेशी विमान दुर्घटनाको अवस्थाबारे जानकारी लिन उच्चस्तरीय टोली नेपाल आएको छ । बंगलादेशका नागरिक उड्डयन र परराष्ट्र राज्यमन्त्री नेपाल आएका हुन् ।
बंगलादेशका नागरिक उड्डयनमन्त्री एकेएम शाहजान र पराराष्ट्र राज्यमन्त्री शाहरिर अलाम १३ सदस्यीय टोलीका साथ काठमाडौं आइपुगेका छन् ।
टोलीमा त्यहाँका सुरक्षा अधिकारी पनि सहभागी छन् । विमान दुर्घटनामा परेका पीडितका आफन्त र उद्धारकर्तासहित ४६ जनाको टोली काठमाडौं आइसकेको छ ।
हिजो त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको यूस बंगला विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो । दुर्घटनामा घाइेते २२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
Facebook Comments Box