काठमाडौँ । युएस बांग्ला एयरलाइन्सको विमान दुर्घटनामा ४९ को ज्यान गएको सोमबारको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहले गहिरो दुस्ख व्यक्त गर्दै मृतकको आत्माको चीरशान्तिको कामनासाथ शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको खबर देशसञ्चारमा छ।
पूर्वराजाका निजी सचिव फणि पाठकका अनुसार पूर्वराजा शाहले विभिन्न अस्पतालमा उपचारमा भर्ना भएकाहरुको शिघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
युएस बांग्ला एयरलाइन्सको विमान दुर्घटनामा ४९ यात्रुले ज्यान गुमाएका थिए भने २२ जना उपचार गराइरहेका छन्।
Facebook Comments Box