काठमाडौं । हिजो काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त यूस बंगला विमान बारे जानकारी लिन बंगलादेशका नागरिक उड्डयन तथा पर्यटन मन्त्री एकेएम शाहाजहान कमालसहितको एक उच्चस्तरीय टोली नेपाल आउदै छ ।
बंगलादेशकी प्रधानमन्त्रीे पठाएको उक्त टोली अहिले केहीबेरमै काडमाडौ आइपुग्ने भएको छ । टोलीले यूस बंगला विमान दुर्घटनामा परी घाइते भएकाहरुको उपचार तथा दिवंगत भएकाहरुका बारे औपचारिक जानकारी लिने बताइएको छ ।
यस्तै विदेशमन्त्रीसहतिको उच्चस्तरीय टोलीले विमान दुर्घटनाका कारण बारे पनि नेपाली अधिकारीहरुसँग छलफल गर्ने बताइएको छ ।
Facebook Comments Box