झापा । विगत ९ दिनदेखि बेपत्ता रहेका झापाका सुन व्यवसायी साजन मुखियाको शव बोरामा भेटिएको छ ।
बेपत्ता मुखियाको शव इलामको रोङ गाउँपालिका–३, कोल्बुङमा भेटिएको प्रहरीले जानकारी दिएको छ ।
इप्रका बिर्तामोड झापाका डीएसपी कृष्ण कोइरालाका अनुसार मुखियाको शव मेची राजमार्गको छेउमा बोरामा ‘प्याक’ गरिएको अवस्थामा पाइएको हो ।
प्रहरीले घटनामा संग्लनाताको आशंकामा दुईजनालाई नियन्त्रणमा लिएको छ । हत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
झापामा एक साताअघि पनि ३३ किलो सुन हराएको प्रकरणमा एकजनाको हत्या भएको थियो । घटनाबारे थप अनुसन्धान थालिएकाे प्रहरीले जनाएकाे छ।
Facebook Comments Box