कैलाली । जिल्ला कारागार कैलालीको थुनामै अनसन बसिरहेका २४ जना बन्दीले अनसन स्थगित गरेका छन् ।
टीकापुर घटनामा संलग्न भएको आरोपमा थुनामा रहेका २४ जनाले आज ४ बुँदे सहमति गरी अनसन स्थगित गरेका हुन् ।
कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी उम्मेदवार रेशमलाल चौधरीको विजयको प्रमाणपत्र र सपथग्रहणको विषय तथा टीकापुर घटनामा पुर्पक्षका लागि थुनामा रहेका २५ जना बन्दीमाथि लगाइएको झुटो मुद्दालाई राजनीतिक रुपमा बढीमा १५ दिनभित्र सम्बोधन गरी यथाशाक्य क्षतिपूर्ति सहित रिहाईका लागि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयमा जानकारी गराउने विषयमा सहमति भएको हो ।
Facebook Comments Box