काठमाण्डौं। चालक दलका चार सदस्यसहित ७१ जना सवार युएस बाङ्ला एयरलाइन्सको विमान काठमाडौंमा अवतरणका क्रममा दिउँसो २ बजेर २० मिनेटमा दुर्घटना भएको छ ।
फ्लाइट नम्बर यु बिजी २११ को विमान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्ग बाहिर दुर्घटनामा परेको थियो । दुर्घटनामा हालसम्म ४० जनाको मृत्यु भएको पुष्टि भएको छ ।
मृतकको संख्या अझै बढ्न सक्ने बताईएको छ । अहिले शव निकाल्ने काम जारी छ । उद्धारमा खटिएका प्रहरीका अनुसार करिब १४ जनाको जिवितै उद्धार गरिएको छ ।
घाइते केहीको अस्पतालमा उपचार भइरहेको छ भने उपचारमा रहेकाहरुको पनि अवस्था चिन्ताजनक रहेको छ ।
घाइतेहरुको उद्धार गरी उपचारका लागि थापाथलीको नर्भिक, सिनामंगलको काठमाडौं मेडिकल कलेज (केएमसी) मा लगिएको छ । अस्पताल परिसरमा यात्रुका आफन्तहरुको भीड लागेको छ ।
विमानमा ३३ नेपाली यात्रु रहेको पुष्टि भएको छ । विमान दुर्घटनाग्रस्त भएपछि विमानस्थलमा उडान र अवतरण बन्द गरिएको छ ।