काठमाडौं । परातत्व विभागले रानीपोखरी भूकम्पअघिको जस्तै संरचनामा निर्माण गर्ने भएको छ । पुनः निर्माणका लागि गत पुस १३ गते गठन गरिएको विज्ञ समूहले माघ ७ गते प्रतिवेदन पेश गर्दै पोखरीभित्रैको बालगोपालेश्वर मन्दिर ग्रन्थकुट शैलीमा निर्माण गर्न सल्लाह दिएको थियो ।
विसं २०७२ बैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षति पुर्याएको रानीपोखरी भूकम्पले भत्कनु अघि अस्तै गरी निर्माण गरिने विभागका प्रवक्ता रामबहादुर कुावरले बताए । आजको जनता पोस्टमा खबर छ ।
Facebook Comments Box