ललितपुर । महानगरपालिकाका भित्री भागका धेरै टोल आगलागीको जोखिममा छन् ।
नगरका भित्री भागमा दमकल जान सक्ने बाटो छैन । चैत–वैशाखमा आगलागीका घटना बढी हुने गरेको छ । गाडी जाने ठाउँसम्म दकमल लगेर त्यहाँबाट उता पाइप तानी लानुपर्ने नगर प्रहरी प्रमुख कदमलाल महर्जनले बताउनुभयो ।
बाटाबाट टाढा हुँदा पाइप मिलाएर घटनास्थलसम्म पुग्न समय लाग्ने हुन्छ । घरको माथिबाट पाइप व्यवस्थित गरेर लैजाँदासम्म धेरै क्षति भइसक्ने प्रमुख महर्जन बताउनुहुन्छ ।
टोल टोलमा पानीे ट्यांकीमा पानी जम्मा गरेर राख्ने र फायर मेसिन राख्न सके जोखिम कम गर्न सकिने उहाँ बताउनुहुन्छ । केही वर्ष पहिले नागबहालमा जापानी संस्थाको सहयोगमा ट्यांकीको निर्माण र स्थानीयवासीलाई तालीम दिइएको थियो । नगरका अधिकांश ठाउँमा चोकको भित्र परम्परागत रुपमा वस्ती बसेकाले धेरै घर सडकभन्दा टाढा छन् ।
Facebook Comments Box