सिमकोट । हिल्दुुम साना जन बिधुत आयोजनावाट बिुुधत आपुर्ती बन्द हुँदा सदरमुुकाम सिमकोटवासी अत्यास लाग्दो जीवन जिउन बाध्य भएका छन । बिगत १० दिन देखि अन्धकार मात्र होइन शनिवार वेलुुकावाट संचार सेवावाट पनि बन्चित हुुँदै आएका छन ।
बिगत १० दिन देखि सिमकोट र खार्पुनाथ गाँउ पालिकाका वासिन्दाहरु अन्धकारमा वस्न बाध्य भएको प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताउनु भयो ।
शनिवार बेलुुकावाट नेपाल टेलिकमको सवै नेटवर्कले काम गर्न छोड्दा त झनै वाहिरको खवरवाट बन्चित भएको उहाँले बताउनु भयो । दुुई दिन देखि घाम नलाग्दा अन्धकारमा वस्नु परेको र कार्यालयको काम पनि प्रभावित भएको उहाँले बताउनु भयो । मैनबत्ती तथा सोलारको भने राम्रो व्यपार भएको छ ।
यता शुक्रवार बेलुकाबाट हुम्ला जिल्लामा नेपाल टेलिकमका सवै संचार सेवा अवरुद्ध भएको छ । दिउँसो घाम लागे केही समयका लागि सुुचारु हुने संचार सेवा दुुई दिन देखि घाम नलागे पछि संचार सेवा समेत अबरुद्ध भएको नेपाल टेलिकमका हुम्लाका प्रमुुख राम वहादुुर खातीले बताउनुु भयो ।
हिल्दुम साना जल बिधुुत आयोजनाको बिधुत अबरुद्ध भएपछि पावरको कारण टेलिकमको ल्याण्ड लाईन, सिडिएमए, जिएसम र इन्टरनेट सेवा अबरुद्ध भएको छे । यतिखेर हुम्ला जिल्लामा एनसेल सेवाले केही राहत दिएको भए पनि यसले पनि स्पष्ट रुपमा काम गरेको छैन । यसका सेवाग्राही भने मर्कामा परेका छन ।