काठमाण्डाैं । अर्थविद्हरुले नेपालको आर्थिक विकासको ढाँचा बनाउन शुरु गरेका छन । मुलुकमा भएको राजनीतिक परिवर्तनसँग मेल खानेगरी मुलुकको आर्थिक विकासको ढाँचा बनाउन सुरु गरिएको अर्थविद् डा. पुण्यप्रसाद रेग्मीले जानकारी दिनु भयो ।
नेपाल विकास अनुसन्धान प्रतिष्ठानले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले संघीयता अनुकूल हुनेगरी नेपाल विकासको आर्थिक ढाँचा बनाउन लागिएको स्पष्ट पार्नु भयो । विषयगत विज्ञहरुसँग सुझाव लिई २ महिना भित्र तयार हुने गरी नेपालको आर्थिक विकासको ढाँचा बनाउन लागिएको रेग्मीले जानकारी दिनु भयो ।
अर्थविद्हरुले प्रदेश र स्थानीय तहका सबै निकायमा पुगेर सुझाव संकलन गरी आर्थिक ढाँचा तयार पार्नेछन । प्रतिष्ठानले कर्णाली प्रदेशमा भने यस अघि नै त्यहाँको आर्थिक ढाँचाका विषयमा आवश्यक सुझाव दिने काम सम्पन्न गरिसकेको छ । विषयगत टिम परिचालन गरेर सुझाव लिने कामलाई अघि बढाइएको पनि अर्थविद रेग्मीले जानकारी दिनु भयो ।