काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले फागुन ६ गते पूर्वका मोरङ र सुनसरीबाट गैरकानुनी रुपमा करोडौँ रकम कारोबार गर्ने पाँच सस्थाका आठजना सञ्चालकलाई पक्राउ गर्यो ।
त्यसको चार दिनपछि अर्थात फागुन १० गते मोरङ र सुनसरीबाटै सिआइबीले त्यस्तै प्रकृतिका तीनवटा अन्य वित्तीय सस्थामा पनि छापा मारी एकजना सञ्चालकलाई पक्राउ गर्रयो ।
छापा मारेका सस्थाबाट सिआइबीले अवैध रुपमा सर्वसाधारणबाट संकलित करोडौँ रकम तथा महत्वपूर्ण कागजात फेला पारेको छ ।
नियामक निकाय नेपाल राष्ट्रबैंक र सहकारी विभागबाट समेत अनुमति नलिई सर्वसाधारणबाट करोडौँ रकम संकलन गरिरहेका यस्ता सस्थाले ऋणप्रवाहमा भने मिटरब्याज असुल्ने गरेको सिआइबीको दाबी छ । अाजकाे नागरिक दैनिकमा खबर छ ।
Facebook Comments Box