काठमाडौं । भन्सारका कर्मचारी र आयातित व्यापारमा संलग्न उद्योगी व्यापारीबीचको मिलेमतोमा राज्यले दैनिक करोडौँ रुपैयाँ राजस्व गुमाउँदै आएको खुलेको छ ।
चार दिनअघि अर्थमन्त्री बनेका युवराज खतिवडाले विभिन्न स्थानमा रहेका भन्सार कार्यालयका प्रमुखहरुलाई काठमाडौंमा बोलाएर कडा निर्देशन दिएकै दिन (शुक्रबार) मुलुकभरका भन्सार नाकाबाट करिब ३५ करोड रुपैयाँ राजश्व बढी उठेकाले मिलेमतोमा दैनिक करोडौँ रुपैयाँ राजस्व गुमिरहेको खुलेको हो ।
मेलापर्वबाहेक अन्य सामान्य दिनमा मुलुकभर भन्सार कार्यालययले ८५ करोड राजश्व उठाउँदै आएका थिए । नयाँ अर्थमन्त्रीले भन्सार प्रमुखहरुलाई निर्देशन दिएकै दिन भने राजस्व एक अर्ब २० करोडभन्दा बढी असुली भएको छ ।
अन्य दिनको तुलनामा शुक्रबार भएको असुली कम्तीमा पनि ३५ करोड रुपैैयाँ बढी हो । अाजकाे नागरिक दैनिकमा खबर छ ।
Facebook Comments Box