काठमाण्डाैं । रङहरुको पर्व होली आज देशभर हर्सोल्लासका साथ मनाइएकाे छ ।
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व आज खासगरि पहाडी र हिमाली जिल्लामा मनाईएकाे हाे । तराईका जिल्लामा भने भोली होली मनाईने छ ।
होली पर्बको अवसरमा आज दिनभर काठमाण्डौ लगायत देशका बिभिन्न शहरहरुमा विभिन्न सास्कृतिक कार्यक्रमहरु आयोजना गरियाे ।
देशका पहाडी इलाका सहित काठमाडौं उपत्यकामा पनि आज होलीको रौनक बढेको थियाे ।



Facebook Comments Box