विर्तामोड । जंगली हात्तीको आक्रमणबाट विर्तामोडमा दुईजनाको ज्यान गएको छ। शनिवार मध्यान्ह १२ बजे तिर विर्तामोड नगरपालिका ३ विर्ता बजारका च्याङग्रा राजवंशी र विर्तामोड नगरपालिका वडा नं ७ मियावारीका लसुने मियाको हात्तीको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।
अन्दाजी ६० बर्षका राजवंशीलाई हात्तीले छातीमा कुल्चेर र मियालाई खुट्टा च्यातेर मारेको बताइएको छ। उनीहरु घर छेउको जंगलमा घाँस दाउरा गर्न गएका बेला हात्तीले आक्रमण गरेको प्रहरीको भनाइ छ।
Facebook Comments Box