काठमाण्डाैं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) द्वारा बिहीबार सार्वजनिक गरिएको भ्रष्टाचार सूचाङ्कानुसार नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२औँ स्थानमा छ ।
सुशासनका लागि नागरिक समाज कास्कीद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा टिआइले १८० देशलाई समेटेर गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचाङ्कमा गत वर्षका तुलनामा नौ स्थान माथि उक्लिँदै नेपाल ३१ अंकसहित १२२औँ स्थानमा परेको जनाइएको छ ।
राजनीति, वित्तीय अनुशासन, न्यायमा पहुँचलगायत छ मापदण्डका आधारमा देशलाई शून्यदेखि १०० सम्म अंक दिइएको थियो । शून्य अंक पाएमा सबैभन्दा भ्रष्टाचार हुने र १०० अंक प्राप्त गरेमा भ्रष्टाचार हुँदै नहुने भनेर छुट्याउने आधार थियो ।
Facebook Comments Box