विर्तामोड । विर्तामोड नगरपालिका वडा नं ५ स्थित जितेन्द्र साउदेनले सञ्चालन गरेको न्यु पाथिभरा फर्निचर उद्योगमा आगलागी भएको छ।
उक्त आगलागीमा करिब ३० लाख मूल्य बराबरको सम्पत्ति नस्ट भएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरीक्षक ज्ञान विस्टले जानकारी दिए।
नेपाल प्रहरी, स्थानीयबासी र विर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको विस्टले बताए। उक्त आगलागीबाट मानवीय क्षति नभएपनि आगलागी बाट काठ चिर्ने मेसिन, तयारी फर्निचर, काठ लगायतका सामाग्री जलेको बताइएको छ।
Facebook Comments Box