काठमाडौँ । नेपाल टेलिकमका देशभरका जिएसएमका १ करोड ६५ लाख र सिडिएमएका १६ लाख तथा एनसेलका १ करोड ३० लाख प्रयोगकर्ता छन् ।
तर ३ लाख ८८ हजार जनसंख्या रहेको कर्णली क्षेत्रमा भने फोन गर्न दुई दिनसम्म हिँड्नुपर्ने बाध्यता छ । हुम्लाका १९ गाउँ टेलिफोन सेवाबाट बञ्चित छन् भने उपल्लो डोल्पाका तीन गाउँपालिकामा नै टेलिफोन छैन ।
डोल्पोबुद्ध गाउँपालिकाको धो गाउँमा एउटा फोन छ, जहाँ अन्य गाउँका बासिन्दा दुई दिन हिँडेर टेलिफोन गर्न आउँछन् । धो गाउँका बासिन्दाले पनि आफ्नै लगानीमा फोन जोडेका हुन् ।
मुगुका बासिन्दाले एक कल फोन गर्न दुई दिनसम्म हिँड्नुपर्छ । यहाँका ६० प्रतिशत परिवार अहिले पनि टेलिफोन सेवाको पहुँचबाहिर छन् । आजको नयाँ पत्रिकामा खबर छ ।
Facebook Comments Box