काठमाण्डौं । शंकराचार्यको छनौटमा परेकी महामण्डलेश्वर हेमानन्द गिरीले शंकराचार्यको मान पदवि पशुपतिनाथको आँगनमा लिने इच्छा राखेकी छिन् ।
बुधबार झापाको बुद्धशान्ति गाउँपालिका २ जयपुरमा रहेको जगदीश्वर शिव पञ्चायन मन्दिरको उद्घाटन कार्यक्रममा उनले नेपाल सनातन हिन्दु धर्मबाट विचलित हुँदै गरेको अवस्थामा नेपालमै शंकराचार्यको पदवि लिने इच्छा रहेको बताएकी हुन्।
आफूले भारतका साधु सन्तहरुसंग यस विषयमा कुरा गरेको र सबैले सहमति जनाएको पनि उनले बताइन् । तर नेपाल सरकारले स्वीकृति प्रदान गर्न ढिलो गरेको उनको भनाइ थियो ।
उनले चाँडो स्वीकृति प्रदान गर्न सरकारसंग फेरि आग्रह गर्ने पनि बताइन् ।
Facebook Comments Box