काठमाण्डौं । नेपालमा पाँच दिने इपिडिमियोलोजी अनुसन्धान सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।
नेपाल जनस्वास्थ्य प्रतिष्ठानले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँगको सहकार्यमा फागुन २७ देखि चैत १ सम्म सम्मेलन गर्न लागेको हो ।
नेपालमा सरुवा रोग, नसर्ने रोग र दुर्घटनाबाट निम्तिने स्वास्थ्य समस्या विकराल छ । काठमाडौमा हुने सम्मेलनमा नेपालमा भएका रोग तथा समस्या र तिनीहरुको अनुसन्धान, आगामि दिनमा आउन सक्ने रोगको महामारी र त्यसको अनुसनधान लगायतका विषयमा विज्ञहरुसँग छलफल हुनुका साथै तालिम समेत प्रदान गरिनेछ ।
जनस्वास्थ्य प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा महेशकुमार मास्केका अनुसार पाँच दिने कार्यक्रम अन्तर्गत पहिलो दुई दिन सम्मेलन र अन्तिम तीन दिन तालिम हुनेछ ।
Facebook Comments Box