काठमाण्डाैं । सरकारले आम संचार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने घोषणा गरेको छ । सूचना तथा संचार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जनतालाई सही सूचना दिन उन्नत स्तरको आम संचार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।
आज काठमाडौंमा आयोजित राष्ट्रिय समाचार समितिको ५७ औं वार्षिक उत्सव कार्यक्रममा गर्दै उहाँले समाचारका सबै सामग्रीहरु व्यवस्थापन हुनेगरी प्रतिष्ठान स्थापना गर्ने विषयमा छलफल भईरहेको जानकारी पनि दिनु भयो ।
सरकारले राष्ट्रिय समाचार समितिको शाखालाई सबै प्रदेशमा विस्तार गर्ने योजना पनि अघि सारेको छ । सचिव अधिकारीले समितिको शाखा विस्तारका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्ने आश्वासन दिनु भयो ।
Facebook Comments Box