काठमाण्डाैं । नक्कली भीसा प्रयोग गरी कुवेत जान खोज्ने १० युवती त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । मानव तस्करीको आशंकामा उनीहरुलाई पक्राउ गरी अध्यागमन विभागले कारबाही अघि बढाएको छ ।
फागुन १ गते राति फ्लाई दुबईको एयरलाइलन्स मार्फत दुबई हुँदै कुवेत जान लागेकाहरु पक्राउ परेका हुन्। उनीहरुको श्रम स्वीकृति अनुसारको भीसा नभएपछि उनीहरुलाई पक्राउ गरिएको अध्यागमन कार्यालय विमानस्थका प्रमुख होमनाथ थपलियाले बताउनु भयो । पक्राउ परेका हरुलाई अध्यागमन विभागमा थुनामा राखी कारबाही अघि बढाइएको छ ।
दलालहरुले वैदेशिक रोजगारीका नाममा उनीहरुलाई बेच्न लैजान खोजेको हुनसक्ने अध्यागमनको आशंका छ ।
Facebook Comments Box