सिमकोट । अत्याधिक चिसो हुँदा मंसीर देखि चैत्र महिनासम्म खाली जमिनमा हरियो तरकारी खेती नहुुने भए पनि अगुवा किसानहरुले ग्रीन हाउसमा तरकारी खेती गरि आम्दानी गर्न थालेका छन । हिमाली जिल्ला हुम्लाका अगुुवा किसानका लागि बेमौसमी तरकारी खेती आम्दानीको राम्रो श्रोत भएको हो ।
सिमकोट गाँउ पालिकाको वडा नम्वर ७ को डाँडाफयामा दुई बर्ष देखि मस्टो तरकारी फारममा बेमौसमी तरकारी उत्पादन गरेर बिक्री गर्दै आउनुु भएका हिरा बहादुुर शाहीले यो सिजनमा एक लाख ७८ हजार कमाई गरेको बताउनुु भयो ।
गत बर्ष एक लाख कमाई गर्नुु भएका शाहीले यस बर्ष मौसमी तथा बेमौसमी तरकारी बिक्रीबाट सो आम्दानी गरेको बताउनुु भयो । अझ हिउँदे याममा हुम्लामा आलु बाहेक अन्य हरियो तरकारी नहुने भएकोले हुम्लामा बेमौसमी तरकारी खेती आम्दानीको राम्रो श्रोत भएको अगुुवा किसान शाहीले बताउनुु भयो । ग्रीन हाउसमा साग, बन्दा, काउली, टमाटर, गाँजर, धनिया उत्पादन गरेर बिक्री गर्ने गरेको उहाँले बताउनुु भयो ।
ठुुला ग्रीन हाउस निर्माण गर्न प्रबिधिको अभाव हुने भएकोले स्यानैबाट भए पनि तरकारी उत्पादन गर्ने गरेको भए पनि बरु बजारको माग पुुरा गर्न नसकिएको उहाँले बताउनुु भयो ।
यता सिमकोट गाँउ पालिका वडा नम्वर ४ कै सिमाना तरकारी उत्पादन केन्द्रले दुई बर्ष अगाडी हिमाली आयोजनाबाट १३ लाख ७९ हजार तरकारी उत्पादनका लागि अनुदान पाएकोमा सो केन्द्रबाट तरकारी उत्पादन गरेर बिक्री गर्दा यस बर्ष दुुई लाख ७७ हजार कमाई भएको केन्द्रका संचालक जंग वहादुर शाहीले बताउनुु भयो ।
पहिलो बर्ष दुुई लाख कमाई गर्नु भएका शाहीले केही परिश्रम गरे तरकारी पनि आम्दानीको राम्रो श्रोत भएको बताउनुु भयो । कक्षा १२ सम्म उतिर्ण भएर पनि नितान्त तरकारी खेतीबाटै जीवन निर्बाह गर्दै आउनुु भएका शाही आफ्नो मौसमी तथा बेमौसमी तरकारी खेतीको कमाईबाट भने सन्तुुष्ट हुनुुहुन्छ ।
यी नमुुना किसान मात्र हुन । यी बाहेक तरकारी उत्पादन गरेर कमाई गर्ने किसानको संख्या दिन प्रतिदिन बढ्दै गएको जिल्ला कृषि बिकास कार्यालयका बरिष्ठ कृृषि किास अधिकृत डाक्टर चन्द्र प्रसाद रिसालले बताउनुु भयो । सोचे अनुसारको नभए पनि लगानी अनुुसार प्रतिफल तरकारीका क्षेत्रमा आएको उहाँले बताउनुु भयो । अहिले पनि माग अनुुसार किसानबाट आपुर्ती हुन नसक्दा बाँकी तरकारी नेपालगंज र सुुर्खेतबाट महंगो हवाई ढुुवानी गरेर ल्याउने गरेको उहाँको भनाई छ ।
केही बर्ष अगाडीसम्म हुम्ला जिल्लामा हिउँदे सिजनमा हरियो तरकारी भनेको सिस्नो मात्र हुने गरेको भए पनि पछिल्ला बर्षहरुमा बजारको आबश्यकता पूर्ती गर्न सक्ने तरकारी जिल्ला मै उत्पादन हुन नसके पनि आधा माग धान्ने तरकारी उत्पादन हुने गरेको हिमाली आयोजनाका जिल्ला कृषि व्यवसाय विज्ञ कमल छत्यालले बताउनुु भयो ।
सो आयोजनाले तरकारी खेतीका लागि ४० लाख ४२ हजार लागनी गरेकोमा दुुई बर्षमा तरकारी खेतीबाटै उपआयोजना पाएका अगुुवा किसानहरुले ३७ लाख ७८ हजार कमाई गरेको उहाँले बताउनुु भयो ।