माेरङ । विराटनगरस्थित वाणिज्य बैंकमा ९ करोड भन्दा बढी रकम हिनामिना भएको छ । भन्सार एजेन्ट र बैंकका कर्मचारीको मिलेमतोमा भन्सार राजश्व दाखिलामा अनियमितता भएको हो ।
प्रहरीले राष्ट्रिय वाणिज्य बैंक, रानी शाखाका एक कर्मचारीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
बैंकमा भन्सार काउन्टर इन्चार्ज रहेका तोर्णराज राउतलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी बिष्णुहरी कोइरालाले जानकारी दिनु भयो ।
प्रहरीले बैंकिङ कसुर मुद्दामा उच्च अदालतबाट राउतलाई थुनामा राख्ने आदेश लिएर अनुसन्धान अघि बढाएको छ ।
भन्सार एजेन्टहरुले बैंकमा राजश्व दाखिला भइसकेको भौचर देखाएर भन्सारबाट करोडौंको सामान छुटाएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box