काठमाण्डाैं । चालु आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा १४दशमलव८ प्रतिशतले बढेर चार खर्ब ९३ अर्ब ४२ करोड पुगेको छ ।
गत आर्थिक वर्षमा सोही अवधिमा व्यापार घाटा चार खर्ब २९ अर्ब ८७ करोड रहेको थियो । गत आवको तुलनामा चालु आवमा व्यापार घाटा ७१ अर्ब ४० करोडले बढेको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार मुलुकबाट निर्यात बढ्न नसक्दा व्यापार घाटा चुलिँदै गएको हो ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्याँक अनुसार पछिल्लो ६ महिनामा वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, मेशिनरी तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, सुन, पोलिथिन ग्रेनियुल्स लगायतका वस्तुको आयात बढ्न जाँदा व्यापार घाटा बढी देखिएको हो ।
तर चालु आवको ६ महिनामा कृषि औजार तथा पार्टपुर्जा, सेनिटरी वेयर्स, खाने तेल, ड्राइसेल ब्याट्री, तयारी पोशाक लगायतका वस्तुहरुको आयात भने घटेको छ ।