काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १२ लगनमा शनिबार बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुईवटा घर जलेर पूर्णरुपमा नस्ट भएका छन् ।
६५ वर्षीय जीवनकाजी श्रेष्ठको जलेर मृत्यु भएको हो । उनका छोरा प्रविण जलेर सामान्य घाइते भएका छन् ।
शनिबार बिहान साढे ३ बजेतिर लगनचोकमा रहेका अमृत नारायण महर्जन र अमृतलाल रञ्जितको घरमा आगलागी भएको हो । रञ्जितको पूरै घर भाडामा लिएर जीवनकाजी श्रेष्ठको परिवार बस्दै आएको थियो । अनलाइन खबरबाट
Facebook Comments Box